फ्रान्सको एक डिजाइनरले एउटा यस्तो बोनसाइ ट्री
(पुड्को रूख) तयार गरेका छन् जसले तपाईंको टेबुलको सौन्दर्य मात्र होइन्, सौर्य ऊर्जाको उपयोग गरी मोबाइललगायत अन्य इलेक्ट्रोनिक्स सामानहरू चार्ज पनि गर्न सक्छ।
द इलेक्ट्रिक प्लस नामक यस पुड्को रूखको डिजाइनर विवियन मुलरले तयार पारेका हुन्। यसमा २७ सिलकन सौर्य प्यानल लगाइएको छ जसलाई हामी पात भन्न सक्छौं। उपयोगकर्ताको आवश्यकता र शैलीको हिसाबले यस पातलाई सजाउन पनि सकिन्छ। यो अनौठो देखिने रूखको डिजाइनरले यसको मूल बिरुवा हेरेपछि बनाएका हुन्। यसको मूल बिरुवाको पातले प्राकृतिक सौर्य प्यानलझैं काम गर्छ। यस उपकरणको आधारमा एउटा ब्याट्री लुकेको छ जसले सौर्य ऊर्जा भण्डारण गर्छ। जब यसमा पूर्ण क्षमतासम्म ऊर्जा समाहित हुन्छ तब त्यसबाट मोबाइल र आइप्याड चार्ज गर्न सकिन्छ।
No comments:
Post a Comment