Tuesday, December 4, 2012

एसएमएस एक्काइस वर्षमा पुग्यो


चाडपर्व होस् या जन्मदिन या अन्य कुनै अवसर, हामी आफ्ना प्रियजनलाई सन्देश पठाउँछौं। विज्ञान प्रविधिको युगमा मोबाइल फोनबाट पठाइने एसएमएसको सबैभन्दा बढी प्रयोग गर्छौ। आज एसएमएसले आफ्नो २१ औं जन्मदिन मनाइरहेको छ तर वर्तमान समयमा एसएमएस गर्नेको सङ्ख्या घटिरहेको छ।
एउटा नयाँ रिपोर्ट अनुसार दुई दशकपहिले जन्मिएको एसएमएस मानव जीवनको मुख्य हिस्सा भएको थियो तर २१ औं वर्ष पुग्दा नपुग्दै एसएमएस घट्दै छ। दुई दशकमा यसले थुप्रै बहुराष्ट्रिय कम्पनीको व्यापार सम्बन्धी भविष्य तय गर्नुको साथै प्रेम, खुशी र दुखी भावनाहरू साटासाट पनि गर्‍यो।
पहिलोपटक ३ डिसेम्बर १९९२ मा एक कम्प्युटरले मोबाइलमा सन्देश पठाएको थियो जसमा लेखिएको थियो ‘मेरी क्रिसमस’। सन् १९९८ पछि त एसएमएसको संसारमा बहार नै छायो। हाल संसारमा चार अर्ब व्यक्तिले एसएमएस सेवा उपयोग गर्दै आइरहेका छन्। तर पहिलोपटक यस्तो भयो कि एसएमएसको सङ्ख्यामा उल्लेखनीय कमी आयो। मिडिया नियामक अफकम अनुसार पछिल्लो तीन महिनामा एसएमएस गर्नेको सङ्ख्यामा करिब एक अर्ब कमी भएको छ।

No comments:

Post a Comment