Tuesday, December 4, 2012

मङगलको माटोमा रोवरले खोज्यो जीवनको प्रमा


मङगल ग्रहको सतहमा उत्रेको क्युरोसिटी रोवरले अत्यधिक जिज्ञासा जगाउने केही प्रमाणहरू खोजेको छ। यस रातो ग्रहको माटोको विश्लेषण वैज्ञानिकहरूले गरेका छन्। नासाको सैम्पल एनालिसिस एट मार्स (मङगलको नमुना विश्लेषण) उपकरण मङगलमा मिथेन, हाइड्रोजन, अक्सिजन र नाइट्रोजन आदिको खोज गर्दै त्यसबारे सूचनाहरू धर्तीमा पठाइरहेको छ। यी पदार्थ जीवनको उपस्थितिका मुख्य अवयव हुन्। मङगलको माथिल्लो सतहको माटोबाट निकालिएको सरल कार्बनिक यौगिकहरूको पहिचानपछि शोधकर्ताहरू धेरै उत्साहित छन्। उनीहरूले यो पनि ध्यानमा राखेका छन् कि सम्भवत: कार्बनको यो अवशेष उल्कापिण्डबाट खसेको हो या पृथ्वीबाट प्रक्षेपित हुने समय यस यन्त्रमा केही कार्बनको कण टाँसिएको हो। अब क्युरोसिटी राकनेस्टको रेतिलो र बन्जर जमीनबाट माउन्ट सार्प (मङगलको सतहको एक पहाड) तिर गइरहेको छ । त्यहाँ गहिरो खाल्डो खनेर राम्रो स्थानको खोजी गर्न र कार्बनिक यौगिकको प्रमाणहरू भेट्टाउने आशा पनि वैज्ञानिकहरूले राखेका छन्।

No comments:

Post a Comment