Tuesday, December 4, 2012

चन्द्रमा तरकारी उब्जाउने तयारीमा चिनियाँ वैज्ञानिक


चिनियाँ अन्तरिक्ष वैज्ञानिकहरूले भविष्यमा चन्द्रमा वा मङगल ग्रहमा तरकारी उब्जाउने योजना बनाइरहेका छन्। अन्तरिक्षमा जाने वैज्ञानिकहरूले तरकारी र अक्सिजन उपलब्ध गराउने यस योजनामाथि कार्य गरिरहेका छन्। बेइजिङस्थित चिनियाँ एस्ट्रोनोट रिसर्च एन्ड ट्ेरनिङ सेन्टरका उपनिर्देशक देंग यीविङले सफल ल्याब परीक्षणपछि अक्सीजन, कार्बन डाइअक्साइड र जललाई आधार बनाएको बताए। उनले ३ सय क्युबिक मिटरको केबिनमा दुई व्यक्तिलाई हावा, जल र खाद्य आपूर्तिको साथ राखेका थिए। केबिनमा भएका दुई व्यक्तिलाई अक्सिजन उपलब्ध गराइएको र कार्बन डाइअक्साइड ग्रहण गर्ने चार प्रकारको तरकारी उब्जाइएको थियो। यी दुवै व्यक्ति आफ्नो भोजनको लागि ताजा तरकारी उब्जाउँथे।
समाचार एजेन्सी सिन्ह्वा अनुसार चीनमा यस प्रकारको पहिलो प्रशिक्षण थियो र देशको मानवयुक्त अन्तरिक्ष कार्यक्रममा दीर्घकालिक विकासको दृष्टिले यो धेरै महत्त्वपूर्ण पनि रह्यो।

No comments:

Post a Comment