वैज्ञानिकहरूले मनुष्यको बुद्धिको उत्पत्तिको कारण खोज गरेका छन्। उनीहरूको दाबी छ कि पचास करोड वर्ष पहिले घटेको एक जैविक घटनापछि मनुष्यमा सोचको जीन्स विकसित भएको हो।
एडिनवर्ग विश्वविद्यालयका शोधकर्ताहरूले मनुष्य र अन्य स्तनधारीको बुद्धिमत्ताको विकासको मुख्य कारण खोज गरेका छन्। हाम्रो पूर्वजहरूको मष्तिस्कमा थुप्रै जीन्सको सङ्ख्या वृद्धि भएपछि मनुष्यमा बुद्धिमत्ता विकास भएको वैज्ञानिकको भनाइ छ। हाम्रो मानसिक क्षमता बढाउने यही जीन्स मष्तिस्कको विसङगतिको लागि पनि जिम्मेवार छ । शोधकर्ताहरूका अनुसार पाँच करोड वर्ष पहिले समुद्रमा बस्ने मेरुदण्डबिनाको सरल जीवमा पनि यस्तै जैविक घटना भएको थियो। यसको परिणामस्वरूप यस जीन्सको अतिरिक्त प्रतिहरू बनेको थियो। यस जीवको आउने पीढीमा अतिरिक्त जीन्सको लाभ भयो र यो लाभ मनुष्य र अन्य परिष्कृत मेरुदण्ड भएका जीवसम्म पुगेको थियो।
प्रोफेसर र प्रमुख शोधकर्ता सेठ ग्रान्ट भन्छन्– सबैभन्दा ठूलो वैज्ञानिक समस्यामध्ये एक समस्या विकासक्रममा बुद्धिमत्ता र जटिल रवैयाको उत्पत्ति बुझ्नु हो। नेचर न्युरोसाइन्समा छापिएको यस शोधमा व्यवहारको विकास र दिमागी रोगहरूबीच पनि सम्बन्ध दर्शाइएको थियो। शोधकर्ताहरूको टीमले तुलनात्मक कार्य सुम्पेर मुसा र मनुष्यको मानसिक योग्यताको अध्ययन गरेका थिए। यस कार्यमा टच स्क्रीन कम्प्युटरमा वस्तुहरूको पहिचान गर्ने पनि सामेल थियो। यसपछि शोधकर्ताहरूले यस व्यवहार सम्बन्धी परीक्षणहरूको नतिजा विभिन्न प्रजातिका जैविक सूत्रहरूको साथ मिश्रित गरे जसले गर्दा विभिन्न व्यवहार विकसित हुने समय पत्ता लगाउन सकियोस्। उनीहरूले मनुष्य र मुसामा उच्च मानसिक कार्य एक समान जीन्सले नै नियन्त्रित हुने पत्ता लगाए। जब यो जीन्स नष्ट हुन्छ, उनीहरूको उच्च मानसिक कार्यक्षमता पङ्गु बन्छ। ग्रान्टले एक बयानमा भनेका छन् हाम्रो कामले यो दर्शाउँछ कि धेरै बुद्धिमत्ता र बढी जटिल व्यवहारको मूल्य धेरै दिमागी रोग हो। यस अध्ययनमा सहभागी क्याम्ब्रिज विश्वविद्यालयका डा. टीम बुस्से भन्छन्– यस रोगसँग लडिरहेका रोगीहरूको मदतको लागि अब हामी अनुवांशिक विज्ञान र व्यवहार परीक्षणको प्रयोग गरिरहेका छौं।
No comments:
Post a Comment