दबङग–२ को फेबिकोल गीतको राम्रो प्रतिक्रिया पाएपछि नृत्य निर्देशक फराह खान उत्साहित भएकी छन्। एक कार्यक्रमबीच फराहले भनिन् म धेरै खुशी छु...
दबङग–२ को फेबिकोल गीतको राम्रो प्रतिक्रिया पाएपछि नृत्य निर्देशक फराह खान उत्साहित भएकी छन्। एक कार्यक्रमबीच फराहले भनिन् म धेरै खुशी छु। एक वर्षमा केही गीतमात्र गर्छु। पछिल्लोपटक दबङगको मुन्नी बदनाम हुई गीतलाई चुनिएको थियो। यसपटक अरबाज खानले मेरो लागि ‘फेबिकोल से’ गाना चुनेका थिए ।
गीतमा करिनाले पनि कडा मेहनत गरेको बताइन्। यस गीतमा मात्र करिनालाई देख्न पाइन्छ। फराहले भनिन्–म यस्तो नृत्य निर्देशन गर्छु जुन नृत्य घरको कुनै पनि परिवारका सदस्यहरूले एकैसाथ हेर्न सकून्। अरबाजद्वारा निर्देशित दबङग– २ दिसम्बर २१ तारिखका दिन रिलिज हुँदैछ। –एजेन्सी
.jpg)
COMMENTS