चिनियाँ अन्तरिक्ष वैज्ञानिकहरूले भविष्यमा चन्द्रमा वा मङगल ग्रहमा तरकारी उब्जाउने योजना बनाइरहेका छन्। अन्तरिक्षमा जाने वैज्ञानिकहरूले त...
चिनियाँ अन्तरिक्ष वैज्ञानिकहरूले भविष्यमा चन्द्रमा वा मङगल ग्रहमा तरकारी उब्जाउने योजना बनाइरहेका छन्। अन्तरिक्षमा जाने वैज्ञानिकहरूले तरकारी र अक्सिजन उपलब्ध गराउने यस योजनामाथि कार्य गरिरहेका छन्। बेइजिङस्थित चिनियाँ एस्ट्रोनोट रिसर्च एन्ड ट्ेरनिङ सेन्टरका उपनिर्देशक देंग यीविङले सफल ल्याब परीक्षणपछि अक्सीजन, कार्बन डाइअक्साइड र जललाई आधार बनाएको बताए। उनले ३ सय क्युबिक मिटरको केबिनमा दुई व्यक्तिलाई हावा, जल र खाद्य आपूर्तिको साथ राखेका थिए। केबिनमा भएका दुई व्यक्तिलाई अक्सिजन उपलब्ध गराइएको र कार्बन डाइअक्साइड ग्रहण गर्ने चार प्रकारको तरकारी उब्जाइएको थियो। यी दुवै व्यक्ति आफ्नो भोजनको लागि ताजा तरकारी उब्जाउँथे।
समाचार एजेन्सी सिन्ह्वा अनुसार चीनमा यस प्रकारको पहिलो प्रशिक्षण थियो र देशको मानवयुक्त अन्तरिक्ष कार्यक्रममा दीर्घकालिक विकासको दृष्टिले यो धेरै महत्त्वपूर्ण पनि रह्यो।
.jpg)
COMMENTS