Tuesday, December 4, 2012

भोडकाले अन्धो बनाएपछि ह्विस्कीले आँखाको ज्योति फर्कायो


न्युजिल्यान्डमा भोडका सेवन गरेर आँखाको ज्योति गुमाएका ६५ वर्षीय व्यक्तिले ह्विीस्की पिएर पुन: ज्योति पाएका छन्। मधुमेहको औषधिसँगै भोडका सेवन गरेपछि प्रतिक्रियास्वरूप उनको आँखाको ज्योति गुमेको थियो।
न्यू प्लीमाउथको वेस्टर्न इन्स्टिच्युट अफ टेक्नोलोजीमा कैटरिङ प्रशिक्षक डेनिस डुथीले आफ्नो आमाबुवाको विवाहको ५० औं वर्षगाँठमा अलिकति रक्सी सेवन गरेर खुशीयाली मनाउने योजना बनाए। उनी भोडका पिएर कोठामा पुगेपछि दृष्टिविहीन भए। द न्युजिल्यान्ड हेराल्डको खबर अनुसार डेनिस भन्छन्– मलाई लाग्यो अँध्यारो भयो तर त्यति बेला दिउँसोको साढे तीन बजिरहेको थियो। म पूर्णरूपले अन्धो भएको थिएँ। जब अस्पताल पुगें डाक्टरहरूले चिकित्सा गर्नका लागि इथेनालको आवश्यकता थियो। तर अस्पतालमा त्यसको पूर्ण डोज थिएन। यस्तैमा अस्पतालको नजिक एउटा रक्सीको पसलबाट ह्विस्कीको एक बोतल मगाइयो र एउटा ट्युबको मदतले डेनिसको पेटमा हालियो। पाँच दिनपछि उनी उठे र आँखाले सबै कुरा देख्न सके।

No comments:

Post a Comment