Tuesday, December 4, 2012

२१ डिसेम्बर २०१२ का दिन संसार नष्ट हुँदैन

संसार नष्ट हुने भविष्यवाणीलाई अस्वीकार्दै नासाका शीर्ष वैज्ञानिकहरूले २१ डिसेम्बर २०१२ का दिन संसार नष्ट नहुने बताएका छन्। नासाले आफ्नो वेबसाइटमा भनेको छ– २०१२ मा संसार नष्ट हुँदैन। पछिल्लो चार अर्ब वर्षभन्दा बढी समयदेखि पृथ्वी चलिरहेको छ र वैज्ञानिकलाई २०१२ सँग सम्बन्धित कुनै खतराको जानकारी प्राप्त भएको छैन। वैज्ञानिक भन्छन्, एक सम्भावित ग्रह ‘निबिरु’ पृथ्वीसँग ठोक्किने अपवाहको कारण यस खबरलाई बल पुगेको थियो कि २०१२ मा संसार नष्ट हुन्छ । नासाले यो पनि स्पष्ट गरेको छ कि माया सभ्यताको क्यालेन्डर दिसम्बर २०१२ मा सकिएको छैन। वैज्ञानिकहरूले निबिरु पृथ्वीसँग ठोक्किनु इन्टरनेटबाट प्रवाह गरेको अफवाह मात्र भएको जनाएको छ। माछालाई पायो राष्ट्रपति बाराक ओबामाको नाम एउटा नयाँ रङगबिरङगी माछालाई अमेरिकाको राष्ट्रपति बाराक ओबामाको नाम दिइएको छ। ओबामाको पर्यावरण संरक्षण र सुरक्षासम्बन्धी वैश्विक सोचको कारण यस्तो गरिएको हो। साइन्टिफिक अमेरिकन रनिङ पोनीज ब्लगको अनुसार पूर्वोत्तर अमेरिकाको नदीको ताजा पानीमा पाइएको पाँच नयाँ डार्टर प्रजातिको माछाको खोजी गरिएको थियो र त्यसमध्ये चार अमेरिकी राष्ट्रपतिहरू र उपराष्ट्रपतिको नाम दिइएको छ। डार्टर माछा धेरै सानो आकारको हुन्छ र चट्टानको नजिकै बस्ने गर्छ। उत्तरी अलबामा र पूर्वी टेनेसी नदी र नहरमा हालसम्म डार्टरको २ सय प्रजातिको खोज भइसकेको छ। ओबामाबाहेक केही माछालाई टेडी फसवेल्ट, जिमी कार्टर, बिल क्लिन्टन र उपराष्ट्रपति आल गोरको नाम पनि दिइएको छ।

No comments:

Post a Comment