Tuesday, December 4, 2012

विमानबिना २०१ देशको यात्रा


ब्रिटिश ग्लोबेटरोटर ग्राहम ह्यूज नामक एक व्यक्तिले विमानको सहायताबिना नै  २०१ देशको यात्रा गरेका छन्। उनले अत्यन्त कम पैसामा संसारको सयर गरेर नयाँ कीर्तिमान कायम गरेका छन्। ह्यूजले एक हप्तामा एक सय डलर खर्च गरेर संसारको चक्कर लगाएका छन्।
३३ वर्षीय ह्यूजले १ हजार ४ सय २५ दिनमा २ लाख ५६ हजार किलोमिटरको यात्रा गर्दै २०१ देश पुगेको बताइएको छ । उनले १ जनवरी २००९ मा शुरू गरेको यात्रामा बस, टैक्सी, ट्ेरनको प्रयोग गरे। यस क्रममा उनले धेरै ठाउँ पैदलै यात्रा गरेका थिए। समुद्र पार गर्न उनले खुला डुङगाको प्रयोग गरे। नयाँ वर्षको दिन पैतृक नगर लिभरपुलबाट शुरू गरेको उनको यात्राको अन्त सबैभन्दा नवजात देश दक्षिणी सुडानको जूबामा भएको थियो।

No comments:

Post a Comment